नियम १२
पूर्व स्वीकृति लिनु पर्ने

१२. पूर्व स्वीकृति लिनु पर्ने

(१) नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै पनि व्यक्तिले निकुञ्जभित्र माटो, ढुङ्गा, बालुवा वा अन्य कुनै खनिज पर्दाथ खोज्न, खन्न
वा हटाउन पाउने छैन ।
(२) कसैले निकुञ्जभित्र अनुसन्धान सम्बन्धी कुनै काम गर्न चाहेमा नेपाल सरकारको स्वीकृति प्राप्त गरी गर्न सक्नेछ र त्यस्तोमा निजले गरेको अनुसन्धानको एकप्रति नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।